शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वावलम्बन लघुवित्त विकास बैंक १७ औं वर्ष प्रवेश

बुधबार, ०३ माघ २०७४, १५ : ४९
बुधबार, ०३ माघ २०७४

काठमाडौं– स्वावलम्बन लघुवित्त विकास बैंक १७ औं बर्ष प्रवेश गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु उद्यमीहरु, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संचालक समितिका पूर्व संचालकहरु तथा २० वर्षसम्म निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई दोसल्ला ओढाई कदरपत्र सहित सम्मान गरिनुकासाथै कर्मचारी र ग्राहक सदस्यका छोरा छोरीहरुलाई २०७३ सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय संस्थाले ग्राहक सदस्यप्रति उत्तरदायी र जिम्मेवार रहेको प्रस्ट भएको भन्दै वित्तीय संस्थालाई दीगो लघुवित्त सेवा प्रदायक बनाउन यस्ता कामले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधानले बैंकको विकासको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउदैं आजका दिनसम्म आइपुगेको धारणा राखे ।

विपन्न वर्गको आर्थिक–सामजिक अवस्थामा सुधार ल्याउन लघुवित्त कार्यक्रम संचालन गर्दै आएको बैंकले हाल ५४ जिल्लाका १२३ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ । 
बैंकको हाल लगानीमा रहिरहेको कर्जा रकम रु.८ अर्व ३५ करोड १२ लाख ५४ हजार रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप