शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी खाना जसले बनाउँछ हृदयाघात

बुधबार, ०३ माघ २०७४, १५ : १८
बुधबार, ०३ माघ २०७४

आलु चिप्स
आलु या मकैको चिप्समा बढी मात्रामा ट्रान्स फ्याट, सोडियम, काब्र्सजस्ता तत्व हुन्छ, जुन स्वास्थ्य र मुटुका लागि राम्रो मानिदैन । अनुसन्धानले भनेको छ कि जसले एक दिनमा दुई सय मिलिग्रामभन्दा बढी सोडियम खान्छ, उसमा हृदयाघातको अत्यन्त बढी सम्भावना हुन्छ । ऊ पनि हृदयाघातबाट मृत्यु हुने १० मध्येको एकमा पर्छ । आलु या मकैको चिप्समा स्याचुरेटेड फ्याट पनि हुन्छ, जसले पेट बढाउन भूमिका खेल्छ । त्यस्तै, यसमा भएको नुन थुप्रै रोगको कारक बन्न सक्छ ।

इनर्जी ड्रिंक्स
इनर्जी ड्रिंक्समा ग्वाराना र टाराइनजस्ता नेचुरल इनर्जी बुस्टर्स हुन्छ । यस्तो तत्व कफिनको सम्पर्कमा पुगेपछि मुटुका लागि विष बन्छ । इनर्जी ड्रिंक्समा कफिनको मात्रा अधिक हुन्छ, जसको प्रयोगले मुटुको धड्कन तीव्र गतिमा बढ्न थाल्छ । यसो हुँदा अत्तालिने समस्या पनि हुन्छ । यस्तो ड्रिंक्सको बढी प्रयोगले मुटुको चालमा भारी मात्रामा उथलपुथल ल्याउँछ । जसले मुटुमा गम्भिर असर पुर्‍याउँछ ।

सोडा
सोडा पिउँदा पेटमा जलन हुन्छ । यो त्यति ठूलो समस्या होइन तर सोडाले रगतमा चिनीको मात्रा बढाउने काम गर्छ । यसका साथै मुटुबाट दिमागसम्म रगत पुर्‍याउने धमनीमा पनि यसले तनाव सिर्जना गर्छ । जसले मुटुरोगको सम्भावना बढाउँछ । दैनिक खानपानमा सोडाको प्रयोगले ज्यानैसमेत लिन सक्छ ।

 

तारेको चिकेन
डिप फ्राई गरेका जुनसुकै परिकारमा ट्रान्स फ्याट हुन्छ । यस्तो तत्वले स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, कम्मरलाई समेत आवश्यकताभन्दा बढी चौडा बनाउँछ । तारेको चिकेनले शरीरमा अक्सिडेन्ट लिएर आउँछ, जुन एन्टिअक्सिडेन्टको शत्रु बन्छ । खानालाई डिप फ्राई गर्दा यसले भिटामिन र एन्टिअक्सिडेन्टलाई समेत नष्ट गरी अक्सिडेन्टको निर्माण गर्छ । जसले मुटुका कोषिकालाई प्रभावित पार्छ ।

पिज्जा
पिज्जा फ्याट र सोडियमको घर हो । किनभने, यसको क्रस्ट नै कार्बोहाइड्रेड र सोडियमले बनेको हुन्छ । पिज्जामा भएको घिउले सोडियम र फ्याटलाई अझ बढाउँछ । पिज्जा ससमा पनि आवश्यकभन्दा बढी सोडियम हुन्छ । यस्ता खानाले मुटुको आर्टरी बन्द गर्न सक्छ । यदि तपाईं पिज्जाको सौखिन हुनुहुन्छ भने मैदाको सट्टा गहुँको आँटा र ओलिभ आयलको क्रस्ट बनाएर प्रयोग गर्न सक्नुुहुन्छ ।

इन्स्टेन्ट नुडल्स
दुई मिनेटमै तयार पार्न सकिने इन्स्टेन्ट नुडल्स बच्चादेखि बूढाबूढीसम्मले मन पराउने खाद्यपदार्थ हो । यस्तो खानाले आयोडिन सेवन गर्ने मानिसलाई बढी असर गर्छ । इन्स्टेन्ट नुडल्सलाई प्याक गर्नुभन्दा पहिले डिप फ्राई गरिन्छ, जुन मुटुका लागि स्वस्थकर मानिदैन । यसमा नुनको मात्रा पनि निकै बढी हुन्छ । अनुसन्धानपछि इन्स्टेन्ट नुडल्सको एक प्याकेटमा ८ सय ७५ मिलिग्राम सोडियम हुने बताइएको छ । यसले रक्तचाप बढाउनुका साथै मुटुमा गम्भीर असर पार्छ ।

रातो मासु 
रातो मासुमा स्याचुरेटेड फ्याट, कोलेस्ट्रोल र नुन हुन्छ । त्यसैले रातो मासु स्वास्थ्य र मुटु दुवैका लागि हानिकारक छ ।

नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप