बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुँरास लाइफद्धारा म्यादी बीमा भुक्तानी

बुधबार, ०३ माघ २०७४, १५ : २९
बुधबार, ०३ माघ २०७४

लमजुङ– गुँरास लाईफ इन्स्योरेन्सले म्यादी जीवन विमा गरेका लम्जुङको राइनस नगरपालिका वडा नं. २ का शुक्रबहादुर सेनको परिवारलाई वीमा दावी भुक्तानी गरेको छ । बैदेशिक रोजगारीका क्रममा हृदयघातका कारण मृत्यु भएका सेनले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । 

उनको परिवारलाई गत पुष ३० गते एक कार्यक्रममार्फत उक्त बीमा दावी भूक्तानीस्वरुप रु. ५,५०,००० हजार प्रदान गरिएको कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बताए । सो रकम सेनकी श्रीमती सपना शाही मल्ललाई हस्तान्तरण गरिएको थियो ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप