बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

बुधबार, ०३ माघ २०७४, १४ : ४८
बुधबार, ०३ माघ २०७४


सल्यान– सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना कर्मचारीको मृत्यु भएको छ ।  मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । 

मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । 

हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप