शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के भारतले चीन र पाकिस्तानसँग एकैपटक तनाब लिन सक्छ ?

बुधबार, ०३ माघ २०७४, १३ : ५१
बुधबार, ०३ माघ २०७४

बीबीसी

काठमाडौँ । डोकलाम विवादका सम्बन्धमा भारतीय सेना प्रमुख जनरल विपिन रावतले भनेका थिए– यो विवादित क्षेत्र हो र उत्तरी सीमामा यस किसिमको तनावले ठूलोे सङ्घर्षको रुप लिन सक्छ । 

यो भनाइ पछि चीनले कैयौँ कुरा भन्यो । कतिसम्म भन्यो भने जनरल रावतको भनाइ सही होइन । यस्ता भनाइले दुवै देशको सम्बन्धमा बाधा अड्चन आउन सक्छ । अर्को कुरा भन्यो, डोकलाम उसको हो र यसमा कुनै दुई मत छैन । 

ऊ राष्ट्रिय एकताका लागि पूरा जोड लगाउने छन् र बढीभन्दा बढी डोकलाम विवाद भुटान र चीनका बीचको हो भन्ने उसको भनाइ थियो । यसमाथि भारतको केही भूमिका छैन । 

पुरानो राग गाइरहेको छ चीन 

चीनले कुनै नयाँ कुरा भनेको होइन । यसमा दुई कुरा प्रष्ट छन् । 

पहिलो, चीन पछाडि हटेको हो, भारतलाई जति दबाब दिनुपथ्र्यो त्यति दबाब दिइएन भन्ने चीनकै केही विशेषज्ञ र नागरिकहरुको बुझाइ छ । यही कारणले सरकार उनको नजरमा आफ्नो सम्मान कम गर्न चाहँदैन । यसकारण चीन सरकार भारत र डोकलाममा जोड जोडले बोल्छ । 

दोस्रो, भारतले सीमामा पाकिस्तानलाई दबाइरहेको छ भनेर चीन तनावमा छ । पाकिस्तानलाई मोहराका रुपमा प्रयोग गर्दै आइरहेको छ तर अहिले ऊ कमजोर भएको छ । 

भारतीय सेनाको दबाब त पाकिस्तानमाथि छ नै त्यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग पनि रोकिदिएका छन् । यसबाट चीन रुष्ट भएको छ । 

जनरल चुप बस्नुपथ्र्यो 
भरत यति बलियो हँुदा पनि जनरल रावतले यस्तो कुरा बोल्नु हुन्थ्यो ? भन्ने सबैभन्दा ठूलो प्रश्न उठेको छ ।

‘मलाई लाग्छ, यो योजनाबद्ध रणनीति हो र चीनले आफूलाई जति होसियार सम्झिए पनि ऊ यो जालमा फस्दै गएको छ । विश्वास के छ भने प्रधानमन्त्रीको सल्लाहमा यस्तो कुरा भनिएको हो । प्रधानमन्त्री यदि यो घटनामा सामेल नभएको भए उनी कडा कदम उठाउन सक्दैन थिए । जसरी पाकिस्तानविरुद्ध उठाएइको थियो । 

उनले भने चीन कुन हदसम्म जान्छ र कति होस गुमाउँछ । 

मोदी र सी जिङपिङ
अवस्था यति धेरै बिग्रँदा पनि भारत र चीनबीचको शान्ति यथावत छ । सी जिङपिङ र नरेन्द्र मोदीबीच राम्रै सम्बन्ध छ । चीन सम्बन्ध बिग्रार्न चाहँदैन र अगाडि पनि धेरै परिवर्तन आउने छैन । किनभने दुवै देश युद्ध चाहँदैनन् । जनरल रावतको यो भनाइले केही फरक पर्ने पनि छैन । 

यो समयमा सबै देश आफ्ना समस्यामा अल्झेका छन् । जनरल रावतले पनि आफ्नो तरिकालाई सीमित गर्न आवश्यक छ, किन भारत एक साथ दुई मोर्चा खोल्न सक्दैन । 

पाकिस्तान र चीन दुवैलाई एक साथ दबाउन सकिँदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप