बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विष्णुपुर गाउँपालिकाको बजेट बीस करोड

बुधबार, ०३ माघ २०७४, १३ : ४४
बुधबार, ०३ माघ २०७४

लहान– सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । , गाउँसभाले अगामी आवका लागि अनुदानबापतको रु चार करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान रु ११ करोड ९५ लाख ९४ हजार, गत आवको मौज्दात रु ६४ लाख ४३ हजार, आन्तरिक स्रोतको अनुमानित रु एक करोड २० हजार र सामाजिक सुरक्षातर्फको रु दुई करोड २९ लाख छ हजार बजेट सार्वजनिक गरेको सो गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए। 

चालू खर्चतर्फ रु दुई करोड ३० लाख, पूँजीगततर्फ विभिन्न विषयगत क्षेत्रमा शिक्षातर्फ रु तीन करोड २५ लाख ९३ हजार, स्वास्थ्यतर्फ रु १६ लाख ३६ हजार, औषधि खरिदतर्फ रु १० लाख, कृषितर्फ रु ३२ लाख, पशु स्वास्थ्यतर्फ रु ११ लाख ६८ हजार, खानेपानीतर्फ रु सात लाख ५० हजार, अन्य पूँजीगत पूर्वाधार निर्माणअन्तर्गत वडा कार्यालयतर्फ रु पाँच करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा बालपोषणतर्फ रु दुई करोड २९ लाख छ हजार तथा गाउँपालिका भवन निर्माण मेसिनरी खरिदलगायत अन्य पूँजीगत निर्माणतर्फ रु पाँच करोड ५६ लाख ८० हजार विनियोजन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप