शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकको भाइबर बैकिङ्ग सेवा सञ्चालन

बुधबार, ०३ माघ २०७४, १२ : ५४
बुधबार, ०३ माघ २०७४

काठमाडौं– एनआईसी एसिया बैंकले भाइबर बैकिङ्ग सेवा सञ्चालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकहरुले सहजै आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एन आई सी एसिया बैंकको पब्लिक अकाउन्टलाई सस्क्राइब गरी आवश्यक जानकारी लिन सकिनेछ ।

भाइबर बैकिङ्ग सेवामार्फत ग्राहकहरुले एनआई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम सञ्जालहरुबारे जानकारी लोन इलीजीवीलीटी चेकिङ अनलाईन एकाउन्छ ओपनिङ बैकिङ्ग समय सम्बन्धी जानकारी, विदेशी विनिमयदर सम्बन्धी जानकारी, इन्ट्रेस्ट रेट सम्बन्धि जानकारी एवम् बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तैगरी, एनआईसी एसिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी समेत सजिलै प्राप्त गर्न सक्नै बैंकले जारी गरेको वक्तव्यमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप