शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवान कमाण्डरसहित ६ जनाको मृत्यु

बुधबार, ०३ माघ २०७४, १२ : ४०
बुधबार, ०३ माघ २०७४

एजेन्सी– पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान विद्रोही समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित ६ जना तालिबान मारिएका छन् । 

नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ ।  अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान  विद्रोही लुकेर बसेको स्थानमा लक्ष्य गरेर सो हवाई कारबाही गरिएको सो विज्ञप्तिमा जनाइएको छ । 

सोही कारबाहीको क्रममा एकजना कुख्यात तालिबन कमाण्डर मोहिदुल्लाह आलिज यासेरसहित ६ आतङ्ककारीको घटनास्थालमा नै मृत्यु भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।  यस कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप