शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकले ठक्कर दिँदा भारतीय युवतीको मृत्यु

बुधबार, ०३ माघ २०७४, १२ : २३
बुधबार, ०३ माघ २०७४

जितपुर– यहाँको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोेटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षीय मुबसरा खातुनको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । 

ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारत जिल्ला थाना बलरामपुर ढेरुवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएको प्रहरीले जनाएको छ । घाइते रहिमानको भारतमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप