बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मृत्यु जितेका बालकले भने -‘डियर मिस्टर मोदी’

बुधबार, ०३ माघ २०७४, ११ : ५३
बुधबार, ०३ माघ २०७४

सन् २००८ मा बुम्बैमा भएको चरमपन्थी हमलामा आफ्ना आमाबुबा गुमाएका मोसे हाल्जबर्ग पहिलो पटक मुम्बई आएका छन् । 

मोसे त्यो समयमा दुई वर्षका थिए, जुनबेला मुम्बईमा चरमपन्थी हमला भएको थियो । यो घटना भएको ९ वर्षपछि मोसे भारत आएपछि उनको धेरै चर्चा भएको छ । 
उक्त हमलामा मोसेका आमाबुबाको मृत्यु कसरी भयो र मोसे कसरी बाँचे ? यो प्रश्न धेरै मान्छेको मनमा अझै छ । 

२६ नोभेम्बर २००८ को राती करिब पौने नौ बजे चार चरमपन्थीले नरिमन हाउसमा हमला गरेका थिए । उनीहरुले कैयौँ इजरायली नागरिकलाई बन्धक बनाएका थिए । तीमध्ये कतिपयको हत्या भएको थियो, जसमा मोसेका आमाबुबा पनि परेका थिए । 

हमलामा मुम्बईस्थित खबाड हाउसमा मोसेका बुबा  गैवरिएल हाल्जबर्ग र आमा रिवकालाई उनकै अगाडि नै गोली हानियो ।

आमाबुबाको रगतले लतपतिएको लासको बीचमा दुई वर्षको मोसे रोइरहेका थिए ।  

मोसेलाई कम्बलमा लपेटेर भागी 
हमलाकारीले गोली चलाएको बेला मोसेको हेरचाह गर्ने धाई आमा सैड्रा सैमुल खबाड हाउसको तल्लो तलामा थिइन् । निरन्तर गोली चलेको आवाज आइरह्यो । माथि के भइरहेको छ, कसैलाई थाह थिएन । जब गोली चलेको आवाज बन्द भयो, सैड्राले मोसे रोएको आवाज सुनिन् । 

जसरी तसरी लुक्दै सैड्रा त्यो कोठामा पुगिन जहाँ गैवरिएल र रिवकाको हत्या भएको थियो । त्यो समयमा हमलाकारी माथिल्लो तलामा गइसकेका थिए । 
 

मोसे आफ्ना आमाबुबाको लासको बीचमा रगतमा लतपतिएको र रोइरहेको सैड्राले देखिन् । 

सैड्राले चुपचाप मोसेलाई उठाइन् र कम्बलमा लपेटेर त्यहाँबाट भाग्न सफल भइन् । मूल रुपमा गोवाकी बासिन्दा सैड्रा लामो सयमदेखि गैवरिएल र रिवकाकोमा काम गरिरहेकी थिइन् । गैवरिएल यहुदी धार्मिक नेताको रुपमा पनि काम गरिरहेका थिए । 

सन् २०१० मा सैड्राले पाइन् नागरिकता 
आमाबुबाको मृत्युपछि मोसेलाई उनले मामाघरका बाज्यबज्यैलाई बुझाइयो । त्यतिबेला सैड्रा पनि साथै गएकी थिइन् । सैड्राले पहिला इजरायलको भिसा पाइन् र सन् २०१० मा उनले त्यहाँको नागरिकता पाइन् । 

सैड्राले मोसे युवा हुँदासम्म रेखदेख गर्ने निर्णय गरेकी छन् । मोसेका बाजे रासनबर्गले बीबीसीसँग कुरा गर्दै भने, मोसे अहिले बच्चा नै छ । जब उनी २०–२२ वर्षको हुनेछ, त्यो समयमा उसलाई मुम्बई गएर आफ्ना आमाबुबाको जस्तै राम्रो काम गर्न भन्ने छाँै । 
 

रिवकाको बुबाले उनको अन्तिम संस्कारको समयमा के भनेका थिए भने उनी पाँच महिनाकी गर्भवती थिइन् ।  मोसे तेस्रो सन्तान हुन । 

त्योभन्दा पहिला गैवरिएल हाल्जबर्ग र रिवका दुई बच्चा जन्मे तर स्वाथ्यका कारण धेरै दिन बाँचेनन् । जेरुसलममा २ डिसेम्बर २००८ मा गैवरिएल र रिवकाको अन्तिम संस्कार गरिएको थियो । सन् २००८ मा मुम्बईमा चरमपन्थी हलमाका निशाना बनेको यह्ुदी सेन्टर ६ वर्षपछि  २०१४ मा पुनः खोलिएको थियो । 

हमला भएको समयमा बन्दुकधारीले यो भवनमाथि धावा बोलेका थिए । जसमा ६ युहदीहरुको मृत्यु भएको थियो । इजरायल भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले जेरुसलमा एउटा बच्चालाई भेटेका थिए । 

जेरुसलममा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मोसेले मोदीको नाममा एक लिखित सन्देश पढेका थिए । 
यसमा उनले भने ‘डियर मिस्टर मोदी, म तपाईंलाई र भारतका नागरिकहरुलाई माया गर्छु । मलाई खेल्न मनपर्छ, म एक एउटा असल विद्यार्थी बन्ने कोसिस गर्नेछु । प्लिज मलाई यसैगरी माया गरिरहनु... मलाई आशा छ कि कहिले बुम्बै आउन सक्छु ?’

यसको जवाफमा मोदीले मोसेलाई चाहेको बेला भारत आउन सक्ने विश्वास दिलाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप