बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका चर्चित १० आत्मप्रशंसा

बुधबार, ०३ माघ २०७४, ११ : ३०
बुधबार, ०३ माघ २०७४

पछिल्लो साता ओवल अफिसमा सम्पन्न बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशका लागि अपमानजनक शब्द प्रयोग गरे । त्यसपछि उनले सफाइ दिँदै पत्रकारसित भने— म नश्लभेदी होइन । तपाईंले अहिलेसम्म जति मानिसको अन्तर्वार्ता गर्नुभयो, तीमध्ये सबैभन्दा कम नश्लभेदी मानिस मै हुँ ।

ट्रम्पले आफ्नो प्रशंसामा यस्तो केही बोलेको यो नै पहिलो अवसर होइन । उनी आफूले आफैँलाई भद्र र बुद्धिमान् बताउने मौका पाएसम्म गुमाउन चाहँदैनन् ।

-११ जनवरी ०१८ मा ट्रम्पले एउटा ट्विट गरेर भने— क्रायजलरले मेस्सिकोबाट एउटा निकै ठूलो प्लान्ट मिचिगनमा स्थानान्तरण गर्दै छन् । यो वर्षौंदेखि चलिआएको परम्पराविपरीत कार्य हो । यो एउटा निकै राम्रो निर्णय हो । धन्यवाद क्रायजलर ! ट्रम्प–पेन्सलाई मत दिएकोमा मिचिगनका मतदाता निकै खुस छन् । अझै कैयौँ राम्रा काम अरू पनि हुन बाँकी नै छन् ।

-११ जनवरी ०१८ मै ट्रम्पले ट्विटमा लेखेका थिए– एडम लविनलाई धन्यवाद’ डोनाल्ड ट्रम्प देशका अहिलेसम्मका सबैभन्दा महान् राष्ट्रपति हुन् ।

– ६ जनवरी ०१८ मा ट्रम्पले ट्विटरमा लेखे– मेरो जीवनमा दुइटा सबैभन्दा ठूला सम्पत्ति छन् । पहिलो, मेरो मानिसक स्थिरता र दोस्रो, म अत्यन्तै स्मार्ट छु । हिलारी क्लिन्टनले पनि यही कार्ड खेल्ने निकै कोसिस गरिन्, तर सबैलाई थाहा छ कि उनी त्यसमा सफल हुन सकिनन् । म एक सफल व्यापारीबाट एउटा निकै ठूलो टेलिभिजन स्टार बनेँ । त्यसपछि म राष्ट्रपति बनेँ (आफ्नो पहिलो प्रयासमै) । मेरो विचारमा यी सफलताले मलाई स्मार्ट र एक स्थायी जिनियस सावित गर्छन् ।

– २ जनवरी ०१८ मा ट्रम्पले ट्विट गर्दै लेखे– जहिलेदेखि मैले राष्ट्रपतिको पद सम्हालेको छु, हवाई सेवालाई लिएर कडा रहेको छु । एउटा निकै राम्रो खबर आएको छ, जसमा भनिएको छ कि ०१७ मा हवाई दुर्घटनामा एकजनाको पनि मृत्यु भएन । यो अहिलेसम्मको सबैभन्दा सुरक्षित वर्ष रह्यो ।

-१८ जुलाई ०१७ मा सिबिएस च्यानलमा एउटा अन्तर्वार्ताका क्रममा ट्रम्पले भने– मलाई लाग्छ, म वास्तवमै निकै विनम्र व्यक्ति हुँ । तपाईं जति मलाई बुझ्नुहुन्छ, त्योभन्दा बढी नै विनम्र छु भन्ने मेरो बुझाइ छ ।

– ७ जुन ०१६ मा फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भने– म महिलाको निकै इज्जत गर्छु । कन्स्ट्रक्सन इन्डस्ट्रीमा मैले जति महिलालाई सहयोग गरेको छु, त्यति अरू कसैले गरेको छैन ।

-१८ अगस्ट ०१५ मा टाइम म्यागाजिनका अनुसार ट्रम्पले भनेका थिए– मेरो जीवन जहिल्यै जित्नका लागि हो, हारका लागि होइन ।

– ८ मे ०१३ मा ट्विटरमा ट्रम्पले लेखेका थिए– मेरा शत्रु र पराजित मानिसलाई म बताउन चाहन्छु कि म सबैभन्दा समझदार मानिसमध्ये एक हुँ । यो तपाईंहरूलाई पनि थाहा छ । तर, तपाईं आफूले आफैँलाई यति धेरै बुद्धु र असुरक्षित महसुसचाहिँ नगर्नुहोला ।

-१७ अक्टोबर २०१२ मा ट्रम्पले लेखेका थिए– मेरा ट्विट यति शक्तिशाली बनेका छन् कि म आफ्ना शत्रुलाई सत्य बताउन बाध्य बनाउन सक्छु ।

– १७ मार्च ०११ मा गुड मर्निङ म्यागाजिनसित ट्रम्पले भनेका थिए– अत्यन्त धनी हुनु नै मेरो सुन्दरताको मुख्य कारण हो ।

नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप