बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिलले थापाले भने– शेरबहादर टर्निङ प्वाइन्ट

बुधबार, ०३ माघ २०७४, ११ : २९
बुधबार, ०३ माघ २०७४

काठमाडौं  –बलिउड चलचित्रमा समेत अभिनय कौसल प्रदर्शन गर्न सफल कलाकार सुनिल थापाको मुख्य अभिनय रहेको चलचित्र शेरबहादुर १९ माघबाट देशव्यापी प्रदर्शनीमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा अभिनेता तथा निर्माण युनिट चलचित्रको प्रचार प्रसारमा ब्यस्त हुन थालेका छन् ।

निर्माण युनिटले मंगलबार राजधानीमा चलचित्रको बिषयमा जानकारी दिन एक कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार सुनिल थापाले शेरबहादुर आफ्नो अभिनय जीवनकमो टर्निङ प्वाइन्ट हुने बताए । 

‘मैले धेरै चलचित्रमा काम गरिसके । मुख्य भूमिकामा काम गरेका चलचित्र मध्य शेरबहादुर मेरो अभिनय करिअरको टर्निङ प्वाईन्ट हुनेछ ।’ थापाले भने । 
कार्यक्रममा उनले निकै सन्की भूतपूर्व सैनिकको भूमिका आफ्नो रहेको समेत खुलाए । उनले थपे ‘आफ्ना अबकास प्राप्त सैनिक बुबाको सँगतले त्यो भूमिका निर्वाह गर्न सजिलो भयो ।’ शेरबहादुरको प्रदर्शन पछि दर्शकले राँते काईला छोडेर शेरेको रुपमा बोलाउने सुनिलले दाबी गरे ।

कार्यक्रममा चलचित्रका अन्य कलाकार कर्मा, मेनुका प्रधान, रबिन्द्र झा, समेत उपस्थित रहेका थिए ।
अभिनेता कर्माले चलचित्रमा आफुले चोरको भुमिका निर्बाह गरेको खुलाए । उनले भने ‘शेरबहादरमा अन्य चलचित्रमा निर्बाह गर्न नपाएको भुमिका पाएको छु । दर्शकले पनि मेरो भुमिकामा मन पराउन सक्छन् ।’
अभिनेता रबिन्द्र झाले चलचित्रमा काम गर्दा धेरै कुरा सिक्न पाएको बताए ।
अभिनेत्री मेनुका प्रधानले चलचित्रको कथाबस्तु अरु भन्दा बेग्लै भएकेले अभिनय गरेको बताइन् । 
चर्चित छायाँकार गौरि शंकर धुजु निर्माता रहेको चलचित्रको क्रिएटिभनिर्देशक प्रदिप भट्टराई रहेका छन् । चलचित्र एकसाथ ६ दर्जन बढि चलचित्र भवनबाट एकसाथ प्रदर्शनमा आउने  वितरक गोपाल काजी कायस्थले जानकारी गराए ।
चलचित्रका निर्देशक आर राजवंशी भने कार्यक्रममा उपस्थित थिएनन् । उनी अमेरिका रहेको कार्यक्रममा जानकारी दिइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप