बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा मिस एण्ड मिसेस नेपाल हुँदै

बुधबार, ०३ माघ २०७४, ०९ : ४२
बुधबार, ०३ माघ २०७४

जापान - नेपाली कला संस्कृतिको जगेर्ना र बौद्धिक तथा अन्तरनिहित क्षमताको विकास गराउने उद्देश्यले जापानमा हुने मिस एण्ड मिसेस नेपाल–२०१८ मा महिलाको आकर्षण बढेको छ । 

सौन्दर्य, व्यक्तित्व तथा आन्तरिक क्षमताको विकासका र नेपाली कला संस्कृतिको प्रचारप्रसार भन्दै व्यावसायिक रुपमा पहिलो पटक आयोजना गरिएकाले प्रतिस्पर्धी महिलाको आकर्षण बढेको हो । 

आयोजक सिन्जोउ कर्पोरेशनका प्रबन्ध निर्देशक उत्तम श्रेष्ठका अनुसार पारिवारिक र विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएका महिलाले एकल र संयुक्तरुपमा प्रतिभा प्रस्फुटन गराउने भन्दै सहभागिताका लागि आवेदन दिएका छन् । 

मंगलबार सम्ममा ६० जनाभन्दा बढीको आवेदन परेको र उनीहरुलाई नेपाली कला, सस्ंकृति, सौन्दर्य, बौद्धिक तथा अन्तरक्षमतासहित विभिन्न १६ विधाका आधारमा छनोट गरिने आयोजक सिन्जोउका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । २५ जनवरीसम्म आवेदन लिने जनाएका छन् । 

विदेशमा भएर पनि मिस एण्ड मिसेस–२०१८ मा सहभागिता जनाउने भैरहवाका संगीता क्षेत्री र जिना श्रेष्ठले नेपालको कला, सस्ंकृति, बौद्धिक प्रतिभाका लागि आवेदन दिएको बताएका छन् । छनोटमा परे नेपाल फर्किएर केही गर्न पाए खुशी हुने प्रतिक्रिया जनाए । प्रतिभा भएर पनि यसअघि लजाउने र सार्वजनिक रुपमा बोल्न डराउने जापानमा धेरै भएको भन्दै उनीहरुले यस्ता कार्यक्रममार्फत थप खुलेर आउने उनीहरुको भनाइ छ । 

आयोजकका अनुसार अडिसनमा छनोट भएकालाई ३ फेब्रुअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पर्पmमेन्स, क्याटवाक र मानव संसाधन लगायतका बारेमा तालिम दिइनेछ । 

छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ तथा जापानबाट सञ्चारकर्मीसहित विभिन्न प्रतिनिधि सहभागी रहनेछन् । पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप