शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालको समानुपातिक सूचिमा को को परे ? (सूचीसहित)

मङ्गलबार, ०२ माघ २०७४, २० : १४
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।

प्रदेशसभाको समानुपातिक परिणाम सार्वजनिक गर्ने अन्तिम तयारी रहेको अवस्थामा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर आफै गएर सो सूची बुझाएका हुन् । 

निर्वाचन आयोगले भने अनुसार राजपा नेपालले सो सूची बुझाएको हो ।   


यसअघि बुझाएको सूची क्रमसंख्या अनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको थियो । राजपा नेपालले आज बुझाएको सूचीमा परेका प्रदेश दुई, पाँच र सातबाट ६ जनाको नाम परिमार्जन गरेको राजपा नेपालले जनाएको छ । 


राजपा नेपालले दुई नम्बर प्रदेशबाट रामनरेश राय, जानकी शरण साह, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, अल्का कुमारी झा, रिना यादवको नाम आयोगमा बुझाएका छन् । 

यसअघि नाम रहेका रामप्रवेश वैठा, पुनम यादव, विवा ठाकुर, लैला खातुनलाई राजपाले सूचीबाट राजापले हटाइएको छ । 

त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम राजपाले आयोगमा बुझाएको छ।


प्रदेश नम्बर सातमा सुनीता चौधरी र प्रदेश नम्बर पाँचमा महम्मद कादीर शेखलाई राजपाले परिमार्जित सूचीबाट हटाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप