शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्ट काउन्सिलमा सुनैनाको समानता

मङ्गलबार, ०२ माघ २०७४, १९ : ४३
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकल प्रदर्शनी ‘समानता’ शीर्षकमा सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । पहिलो एकल चित्रकला प्रदर्शनी अमेरिकामा गरेकी ठाकुरले दोस्रो प्रदर्शनी नेपालमा आयोजना गरेकी हुन् ।

 
प्रदर्शनीको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तिकरणको क्षेत्रमा गर्विलो आवाज उठाएको बताइन् ।


यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग प्रमुख एससी सुमनले मिथिला क्षेत्रको जिवन्त कलाको रुपमा रहेको मिथिला कलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थान पाएको बताए ।
मिथिला चित्रकलामा पृथक पहिचानसाथ सक्रिय कलाकार सुनैनाले विशेषत महिला अधिकार, सशक्तिकरण, समानता, महिलामाथि हुने हिंसाका विषयमा चित्र कोर्दैै आएकी छन् । 


प्रदर्शनीमा बुद्ध, माछा रास, लाइफ अफ ट्रि, माया प्रेम, महिला नेतृत्व, धर्म निरपेक्ष नेपाल, बौद्धिक सत्य आमा, गोदना रास (टाटु), नारीको समस्त रुप, होलिका दहन, नारी शक्ति, आमा छोराको प्रेम, अर्ध नारेश्वर, ग्रामीण परिवेश, नारी पुरुष एक समान, ममतामयी आमा, जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी, नारी चन्द्र सूर्यको प्रतिक, ज्योति समस्त प्रतिक नेपाललगायत शीर्षकका २८ चित्रकला राखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप