‘साली कस्को भेनाको’ चितवनमा शुभ–मुर्हत
काठमाडौं – नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ बन्ने भएको छ । मंगलबार चितवनमा शुभ–मुहुुर्त गरिएको चलचित्र मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप, भद्र भुजेलको निर्देशन, उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुकेले क्यामरा र लेखक पुष्प आचार्यले नरिवल फुटाएको रहेको मुर्हतमा अभिनेत्री मरिष्का पोख्रेल र नवनायक देब सागर बिसीले संगीत दिए ।
आजैबाट छायाँकन सुरु गरिएको चलचित्र प्रसाद श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको हो । चितवन र धम्पुसमा छायांकन हुने चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलान लगायतको अभिनय रहने छ ।
पुष्प आचार्यको कथा रहेको चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।
मगर जातीको संकृतिमा पर्ने साली र भेनाको सम्बन्धलाई बिषय बनाएके चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहनेछ । चलचित्र विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीेले मिलेर बनाउन लागेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ