बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री दम्पति एक्कासि ताजमहल छिरेपछि...!

मङ्गलबार, ०२ माघ २०७४, १९ : १६
मङ्गलबार, ०२ माघ २०७४

एजेन्सी– इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु अहिले भारत भ्रमणमा रहेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री नेतन्याहु त्यहाँका विभिन्न स्थानहरुको भ्रमणमा समेत निस्किरहेका छन् । तीमध्ये मंगलबारको एउटा भ्रमण भारतीय सञ्चारमाध्यामहरुले बहसको विषय बन्यो ।

प्रधानमन्त्री नेतन्याहू मंगलबार आफ्नी पत्नीका साथ भारतको विश्वप्रसिद्ध पर्यटकीय स्थल ताज महल पुगे । उनीसँगै भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सँगै रहेका थिए । आफ्नो विशेष विमानमार्फत भारत पुगेका उनी ताजमहल जाँदा भने सडकमार्गकै बाटोबाट पुगेका थिए ।

विश्वभरका प्रेमी–प्रेमिकाहरुको आँखामा पर्ने ताजमहलमा पत्नीसहित पुगेका इजरायली प्रधानमन्त्री नेतन्याहुले भने दुई घण्टाभन्दा बढी समय बिताउन भ्याए । अपरान्ह ११ः २० मा ताजमहल प्रवेश गरेका उनले २ घण्टा १० मिनेट त्यसभित्र बिताएका थिए ।

विशेष सुरक्षा सर्तकतासहित पूर्वी गेटबाट ताजमहलभित्र प्रवेश गरेका उनी २ घण्टाभित्र बसेपनि भित्र अवलोकन गरेका दृष्यहरु खासै सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री नेतन्याहु दम्पती ताजमहलभित्र छिरेपछि अन्य पर्यटकहरुको आगमन भने पूर्ण रुपमा रोकिएको थियो । उनी बाहिरिएपछि मात्र अन्य पर्यटकहरुले प्रवेश पाएका थिए । विश्वभरका प्रेमी–प्रेमीकाहरुको विशेष प्राथमिकतामा पर्ने ताजमहलमा प्रधानमन्त्री नेतन्याहु  दम्पति पुगेपछि सो भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले विशेष प्राथमिकतासहित प्रशारण गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप