शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एम एस ग्रुपका अध्यक्ष अग्रवाल ‘इन्द्र भक्त मेमोरियल अवार्ड’बाट सम्मानीत

मङ्गलबार, ०२ माघ २०७४, १९ : १८
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – नेपालको बाणिज्य तथा उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत एमएस ग्रुपका अध्यक्ष शिव कुमार अग्रवाललाई नेपाल चेम्बर अफ कमर्शले ‘इन्द्र भक्त मेमोरियल अवार्ड २०७४’ बाट सम्मान गरेको छ । 


नेपाल चेम्बर अफ कमर्शको हालै सम्पन्न ६७ औँ वार्षिक समारोहमा सम्मानीय उपराष्ट्रपति नन्द बहादुर पुनले एक समारोहकाबीच अग्रवाललाई उक्त सम्मान गरेको हो । ७२ वर्षीय अग्रवाल नेपालको उद्योग बािणज्य क्षेत्रमा सफल उद्योगीका रुपमा गनिन्छन् । उनको भगवती स्टील, रिलायन्स स्पिनिङ्ग मिल्स, एभरेष्ट सुगर मिल्स, सनराइज डेभलपर्स, म्यारिएट होटलसलगायत एक दर्जनभन्दा बढी उद्योग÷व्यवसाय सञ्चालनमा आइरहेका छन् । सो ग्रुपले हाल आठ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । 

यी उद्योगहरुमा उनका छोरा शशी÷सुमित र नाति गौवर÷उमङ्गले हेर्दै आइरहेका छन् । स्वर्गीय इन्द्र भक्त नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षसमेत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप