शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु

मङ्गलबार, ०२ माघ २०७४, १८ : ३८
मङ्गलबार, ०२ माघ २०७४

दाङ– २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता दाङको तुलसीपुरमा मंगलबारदेखि सुरु भएको छ । खेलको उद्घाटन न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर सुरु गरेका हुन् ।

यसैबीच तुलसीपुरको अरनिको मैदानमा मंगलबार भएको पहिलो पुरुष फुटबल प्रतियोगितामा सशस्त्र  प्रहरी बलको  एपिएफले विजयी सुरुवात गरेको छ । मध्यपश्चिमलाई शून्यका विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै एपिएफले विजयी यात्रा सुरु गरेको हो । 

बुधबार पश्चिमाञ्चल पोखरा र नेपाल प्रहरीबीच दिउँसो १ बजे  खेल हुँदैछ । अखिल नेपाल फुटबल संघको अयोजना तथा जिल्ला खेलकुद विकास समिति दाङको संयोजमा सुरु भएको फुटबल प्रतियोगिता माघ ६ गते सम्म सञ्चालन हुनेछ । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप