युट्युवमा आयो ‘जेटी डन’
काठमाडौं – पछिल्लो समय प्रविधिको विकाससँगै बिभिन्न संचार माध्यमको पनि बिकाश भएको छ । त्यसरी बिकाश भएको मध्ये एक युट्युव पनि हो । युट्युवमा अहिले समाचार पढ्नेदेखि मनोरन्जनका बिभिन्न गतिबिधि टेलिचलचित्र ,चलचित्र, गीत संगीतलगायत सबै देख्न सकिन्छ ।
यसै क्रममा युटुबका दर्शकहरुलाई मध्य नजर गरेर बसन्त पोख्रेल एण्ड टिमले धारावाहीक वेभ सिरिज ‘जेटी डन’ निर्माण गरेको छ । पारिवारीक हाँस्य कथाबस्तुमा निर्माण गरिएको वेभ सिरिज ५२ भागसम्म जाने लेखक तथा निर्देशक पोख्रेलले बताए ।
श्रीमतीसँग निकै डराउने एउटा युवा र दैनिक आफ्नो कामले गर्दा प्रेमको स्वाद चाख्न नपाएका अर्का युवाको समस्यामा आधारित यो सिरिज ‘जेटी डन’मा गौतम राज खड्काको भिएफएक्स र सम्पादन रहेकोछ ।
सिरिजमा डिबि बम्जन, रुपा लामा, अर्जुन देब खड्का, सोनी खड्का, गंगा गदाल, रमेश राई, राम श्रेष्ठ र जय श्रेष्ठ लगायत कलाकारले अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा