शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने मिति तोकियो

मङ्गलबार, ०२ माघ २०७४, १७ : १७
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौँ– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ ।  बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी र्दिए । 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । 

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यका साथै निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप