शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा झडप, पाँच सुरक्षा कमाण्डरको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४, १७ : ०८
मङ्गलबार, ०२ माघ २०७४

एजेन्सी– दक्षिणपश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार साँझ भएको बन्दुक आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारीको मृत्यु भएको छ ।  यस आक्रमणमा परी अन्य ६ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले मङ्गलबार सो आक्रमणको जानकारी दिएको छ ।

घाइते व्यक्तिलाई उपचारार्थ नजिकका अस्पतालमा लगिएको तर उनीको अवस्थाको भने हालसम्म कुनै जानकारी नभएको बताइएको छ ।  बलुचिस्तान प्रान्तको टुर्बाट जिल्लाको शापोक क्षेत्रमा सुरक्षा अधिकारीलाई लिएर गइरेहको सवारी साधानलाई लक्ष्यगरी केही अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए । 

घटना भएको सो स्थान हाल सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र आक्रमणकारीलाई नियन्त्रणमा लिनको लागि प्रहरी खोजी कारबाही सुरु गरेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप