शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

मङ्गलबार, ०२ माघ २०७४, १६ : ४९
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– काठमाडौमा मंगलबारबाट ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ सुरु भएको छ ।

प्रतियोगिताअन्तृगत आज सम्पन्न भएका खेलहरुमा भलिबलतर्फ पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिम विजयी भएको छ । सो टिमले सशस्त्र प्रहरी बल नेपाल महानगरीय सशस्त्र प्रहरी कार्यालय टिमलाई २५–१८, २५–१२ र २५–१२ को सोझो सेटले पराजीत गरेको थियो । 

यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिमले सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बैद्यनाथ बाहिनी टिमलाई शुन्यको विरुद्ध दुई गोलले पराजीत गरेको छ ।  

सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा माघ ६ गतेसम्म संचालन हुने प्रतियोगितामा फुटबल तथा भलिबल खेल हुनेछन् ।

प्रतियोगिताको मंगलबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले हल्चोकस्थित सशस्त्र प्रहरी बलको रंगशालामा आयोजित एक समारोहका वीच भलिबलका राष्ट्रिय रेफ्री विजय के.सी. तथा फुटबलका राष्ट्रिय रेफ्री सहदेव श्रेष्ठलाई बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा  सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठले खेलसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा काठमाडौं उपत्यकास्थित महानगरीय सशस्त्र प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको  पाँच वटा बाहिनी गरी कूल ६ वटा टिम सहभागि हुदैछन् । प्रतियोगितामा लिगकम नकआउटको आधारमा खेल हुनेछन् ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप