शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाँस्य कलाकार मदनकृष्णले गरे ऋतु विमोचन

मङ्गलबार, ०२ माघ २०७४, १६ : ४६
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – लेखक धुर्व गजुरेलको मुक्तक संग्रह ऋतु बिमोचन भयो । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा सभासद रामविर मानन्धरले संयूक्त रुपमा पुस्तकको बिमोचन गरे ।

राजधानीको तारकेश्र नगरपालिका वडा नं. ३ श्री कालीका शरण माविमा आयोजित एक कार्यक्रममा पुस्तक बिमोचन गरिएको हो । कार्यक्रममा पुस्तक मार्फत सार्वजनिक हुन गएको प्रस्तावित धरहरा सम्वतलाई समेत सार्वजनिक गरियो ।

पुस्तकमा विसं २०७२ मा घटेका एैतिहासीक र कहाली लाग्दो घटनाहरुलाई अविष्मरणीय बनाउनको लागी धरहरा सम्वतको परीकल्पना गरिएको छ ।

  ‘ऋतु’ पुस्तक भने उपन्यासको रुपबाट नेपाल भित्र चलिरहेका नारी सम्वन्धी बिभिन्न प्रथाहरू वा संस्कारहरूलाई समेटेर तयार पारिएकोे पुस्तक हो ।

पुस्तकमा २० भन्दा बढी नारी संस्कारहरू, राष्ट्रियता, देशभक्ति, बिदेशका पीडा, जानकारीमूलक कुराहरू, समानता, कुरीतिहरू र एउटा परिवार भित्रको कहाली लाग्दो घटना समेत रहेको लेखक गजुरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप