बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ तस्बिरमा हेर्नुहोस् राष्ट्रिय भूकम्प सुरक्षा दिवस

मङ्गलबार, ०२ माघ २०७४, १६ : ४१
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं–‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको मूल आधार’ भन्ने मूल नाराका साथ २० आंै राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । 

यसै अवसरमा काठमाडौंको बसन्तपुरमा काठमाडौं महानगरपालिकाले भूकम्पबाट हुने जोखिम न्यूनिकरणका विविध उपायबारे जानकारी गराउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ । 

 कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले भूकम्पबाट हुने क्षति न्यूनिकरणमा विशेष ध्यान दिन स्थानीय तहलाई निर्देशन दिए । 


उनले  भौतिक पूर्वाधार बलियो बनाएर भूकम्पपछि हुने क्षति न्यूनिकरणमा लागि पर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराए । 
 मन्त्री बलायरले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काममा तीव्रता दिन पनि ढिलाई गर्न नहुनेमा जोड दिए । 

कार्यक्रममा बोल्दै काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको पुनर्निर्माण र नव निर्माणमा जुटन सबैलाई गरे । 

विक्रम संवत १९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस आयोजना गरिएको हो । 
यसै अवसरमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिने प्रतिवद्धतासहित सरकारी स्तरबाटै यस वर्षको भूकम्प राष्ट्रिय सुरक्षा दिवस मनाइएको हो । दिवसको अवसरमा स्थानीय तहहरुले पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर  देउवा पनि सहभागि भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप