बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेतृत्व तत्काल परिवर्तन हुँदैन : नेता भण्डारी

मङ्गलबार, ०२ माघ २०७४, १६ : १८
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने दावी गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवामाथि राजीनामा दिन दवाव परिरहेका बेला नेता भण्डारीले तत्काल नेतृत्व परिवर्तन सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्रिय समिति बैठकले महासमिति बैठक बोलाउने र त्यसले तय गरेको महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्ने बताए ।
नेता भण्डारीले मुलुकलाई विग्रन नदिने गरी काँग्रेसमा सुधार ल्याउने दावी पनि गरे ।
नेता भण्डारीले कम्युनिष्टहरुले मुलुकलाई विगार्न खोजे खवरीदारी गर्न पनि काँग्रेसलाई विधिसम्मत ढंगले सुधार गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।
उनले पार्टीमा सुधार एजेन्डाले ल्याउने स्मरण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप