बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घोडा चोरेको आरोपमा धर्मराज पक्राउ

मङ्गलबार, ०२ माघ २०७४, १५ : ५४
मङ्गलबार, ०२ माघ २०७४


अछाम– रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पुर्याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 
चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।  हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पुर्याएका थिए ।

अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप