मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायल कसरी बन्यो शक्तिशाली राष्ट्र ?

मङ्गलबार, ०२ माघ २०७४, १५ : ३६
मङ्गलबार, ०२ माघ २०७४

बीबीसी– पहिलो विश्वयुद्धभन्दा अघि प्यालेस्टाइन अटोमन साम्राज्यको एउटा जिल्ला थियो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरुबाट पराजित भएको थियो । 

पहिलो विश्वयुद्धपछि प्यालेस्टाइन बेलायतको नियन्त्रणमा आयो । तर समस्या समाधान हुनुको साटो झनै बल्झियो । यो भूगोल अरबीहरुको बासस्थान थियो तर यहुदीहरु पनि यहाँ बस्न चाहन्थे । 

हजारौँ वर्ष पहिलेदेखि यहुदीहरुको यो क्षेत्रसँग ऐतिहासिक र धार्मिक सम्बन्ध छ । उनीहरुलाई के लाग्यो भने प्यालेस्टाइनमा बस्न पाउनु उनीहरुको ईश्वरीय हक हो । बीसौँ शताब्दीको सुरुमा हजारौँ यहुदी इजरायल बन्नुभन्दा पहिला यो क्षेत्रमा आउन थालेका थिए । 

युरोपमा यहुदी समुदायले यहुदी भएकै कारण धेरै यातना बेहोर्नु परेको थियो । दोस्रो विश्वयुद्धमा नाजीले यहुदीमाथि गरेको अत्याचारका कारण धेरै ठूलो सङ्ख्यामा यहुदीहरु यो क्षेत्रमा आएका हुन् । 

यसरी बनेको थियो इजरायल
यहुदीहरुमाथि विश्वभरी नै अत्याचार भयो । दोस्रो विश्व युद्धपछि बेलायतले के फैसला गर्यो भने अब प्यालेस्टाइनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले नै के गर्ने भन्ने निर्णय गरोस् ? 

संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनलाई दुई देशमा विभाजन गर्न सुझाव दियो । एउटा अरब र अर्को यहुदीका लागि । अरबीहरुले यो योजना स्वीकार गरेनन् तर यहुदी नेताहरुले संयुक्त राष्ट्रसङ्घको यो प्रस्तावलाई स्वीकार गर्दै इजरायलको घोषणा गरे । अमेरिकी राष्ट्रपतिले इजरायलको त्यही समयमा मान्यता दिए । 
इजरायलको घोषणासँगै युद्ध सुरु भयो । महिनौँसम्म चलेको युद्धपछि  इजरायल र अरबी छिमेकी युद्ध रोक्न सहमत भए । यता इजरायललाई अन्तर्राष्ट्रिय स्तरमा देशको मान्यता मिल्दै गयो । 

इजरायल पूर्वी भूमध्य सागरको अन्तिम विन्दुमा रहेको छ । यसको दक्षिणी भाग लाल सागरसम्म छ । पश्चिममा यो मिश्रसँग जोडिएको छ । पूर्वमा जोर्डनसम्म फैलिएको छ । लेबनान यसको उत्तरमा र र सिरिया उत्तर पूर्वमा पर्छ । 

शक्तिशाली इजरायल
इजरायल र प्यालेस्टीन दुवै मुलुक जेरुसलमलाई राजधानी बनाउन चाहन्छन् । हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीको मान्यता दिएको छ । तर संयुक्त राष्ट्रसङ्घको सभामा विश्वका धेरै देशहरुले यसलाई अस्वीकार गरिदिएका छन् । 
इजरायल १९४८ मा बनेको हो । ६९ वर्षको तिहास बोकेको इजरायलको क्षेत्रफल २० हजार ७ सय वर्ग किमि छ । यहाँको जनसङ्ख्या ८५ लाख मात्रै छ । खनिज सम्पदाको मामलामा पनि इजरायल सानो नै छ । तर पनि इजारयलको गन्ती विश्वका ती देशसँग हुन्छ, जसको प्रविधि र सैन्य क्षमताको उदाहरण विश्वभर दिइन्छ ।

जेरुसलम पोस्टका पूर्व सम्पादक याकोव कात्जले ‘द वेपन विजार्डसः हाउ इजरायल विकम अ हाई–टेक मिलिटिरी सुपरपावर’ नामक पुस्तक लेखेका छन् । उनी लेख्छन्– ‘इजरायल गठन भएको जम्मा दुई वर्षपछि १९५० मा देशको पहिलो व्यावसायिक प्रतिनिधिमण्डल दक्षिणी अमेरिका पठाएको थियो । इजरायल विजनेस पार्टनरको लागि सारै दुःखी थियो । इजरायलसँग आफ्नो अर्थव्यवस्थालाई बजबुत बनाउन सक्ने प्राकृतिक स्रोत साधन थिएन । त्यो सयमा त्यहाँ न तेल थियो न त खनिज सम्पदा नै ।’

यावकोव लेख्छन्– ‘त्यो प्रतिनिधिमण्डलले कैयौँ बैठक गर्यो । तर सबैले मजाक उडाए । इजरायलको सुन्तला, मट्टीतेलबाट जल्ने स्टोभ र नक्कली दाँतको व्यापार गर्ने बारे प्रस्ताव राखि रहेका थिए । 

अर्जेन्टिनामा सुन्तलाको उत्पादन धेरै हुन्थ्यो । त्यहाँ विद्युतको कमी थिएन । यसकारण मट्टीतेलको पनि आवश्यकता थिएन । इजरायल पहिला निर्यात के गथ्र्याे भन्ने कल्पना गर्न पनि अप्ठेरो हुन्छ । आजको मितिमा इजरायल हाइ–टेक सुपरपावर भएको छ । 
उसले हतियार उत्पादनमा उठो धनराशी खर्च गरी विश्वभर आधुनिक हातहतियारको व्यापार गर्छ । उसले हतियार मात्र प्रत्तेक बर्ष करिब ६.५ अरब डलरको हतियार बेच्छ । 

यावकका अनुसार– ‘१९८५ सम्म इजरायल विश्वमा सबैभन्दा ठूलो ड्रोन निर्यातक देश बन्यो । उसले उत्पादन गरेका ड्रोनको ६० प्रतिशत विश्व बजारमा कब्जा थियो । उदाहरणका लागि २०१० मा पाँच नेटो देशले अफगानिस्तानमा इजरायली नै ड्रोन उडाउथे । जुन देशको स्थापना भएको ७० वर्ष समेत भएको छैन । उसले विश्वमा सबैभन्दा आधुनिक सेना कसरी तयार गर्यो ? यसको जवाफ उसको राष्ट्रिय संरचनामा नै निहित छ । पहिलो कुरा यो सानो देश भए पनि आफ्नो जीडीपीको ४.५ प्रतिशत खर्च अनुसन्धानमा खर्च गर्छ ।’

इजरायलका बारेमा के भनाई छ भने उसले आफ्नो देशमा नागरिक हैन, सेना तयार गर्छ । त्यहाँका हरेक नागरिकले सेनामा सेवा गर्नुपर्छ । मध्य–पूर्वमा देशहरु मध्ये इजराईल सुरक्षित देशको रुपमा चिनिन्छ । 

यावकोवका अनुसार– ‘सन् २००० मा इजरायली एयरफोर्सलाई पहिलो अपरेसनल एरो मिसाइल ब्याट्री मिलेको थियो । यस अपरेसनल सिस्टमका साथ नै इजरायल विश्वको पहिलो देश बन्यो । जसले दुश्मन देशका मिसाइललाई बाटोमा नै नष्ट गर्ने क्षमता हाँसिल गर्यो । इजरायलको एरो मिसाईल प्रविधि आफैमा अनौठो किसिमको थियो । इजरायलसँग क्षेत्रफलको कमीका कारण यो ब्यालेस्टिक मिसाइलको तुलनामा धेरै प्रभावकारी छ ।’

सन् १९८९ मा इजरायलले अन्तरिक्षमा पहिलो जासुसी उपग्रह प्रक्षेपण ग¥यो । यसका साथै इजरायल ती आठ देशहरुको समूहमा समावेस भयो, जससँग स्वतन्त्र रुपमा उपग्रह प्रक्षेपणको क्षमता छ । सुरुमा इजरायल यस ‘क्लब’मा  समावेश हुन पाउला र भनिन्थ्यो ? तर पछि उ पनि यसमा सामेल भयो । 
सैन्य शक्ति

आज इजरायल उपग्रह प्रक्षेपणमा धेरै अगाडी छ । अहिले अन्तरिक्षमा उसका आठ जासुसी उपग्रह छन् । विश्वमा इजरायलका जासुसी उपग्रहको कुनै सिमा छैन

भन्ने विश्वास गरिन्छ । 

इजरायल विश्वभरीमा आफ्नो ‘मर्कावा ट्याङ्क’का लागि प्रख्यात छ । यसलाई आईडीएफ अर्थात इजरायली डिफेन्स फोर्समा सन् १९७९ मा सामेल गरिएको थियो । यसलाई उसले आफैले निमार्ण गरेको हो । आईडीएफमा करिब १ हजार ६ सय मर्कावा ट्याङ  छन् । इजरायली एयरफोर्ससँग एफ–१५१ थन्डर लडाकु विमान छन् । 
मध्य–पूर्वमा एफ–१५१ धेरै घातक लडाकु विमान मानिन्छ । यसमा हावाबाट हावामा मार गर्ने क्षमता छ । इजरायलसँग जेरिको–३ परमाणु प्रतिरोधक क्षमता छ । जेरिको–१ ब्यालेस्टिक मिसाइललाई इजरायली सेनाले १९७० को दशकमा नै प्रयोग गरेको थियो । पछि यसको ठाउँ जेरिको–२  ले लियो । अहिले जेरिको–३ छ ।

परमाणु क्षमता 
समग्र विश्वमा इजरायल, हङ्ङकङ र दक्षिण कोरियाको अर्थव्यवस्थालाई सबै भन्दा स्थिर मानिन्छ । यस्तो शून्य महँगी दर र बेरोजगारीमा कमीको आधारमा भनिन्छ । इजरायलको कुल ग्राहस्त उत्पादन (जीडीपी) ३१८.७ अरब डलर छ भने आर्थिक बृद्धिदर झण्डै ४ प्रतिशत छ । 

इजरायल आधिकारिक रुपमा आफूलाई परमाणु शक्ति सम्पन्न देश भन्दैन । तर के भनिन्छ भने उसले ७० को दशकमा परमाणु परिक्षण गर्न थालेको थियो । वासिङ्टनस्थित ‘आम्र्स कन्ट्रोल एसोसिएसन’को हालै प्रकाशित रिपोर्टका अनुसार इजरायसँग कुल ८० परमाणु हतियार छन् । 

अब प्रश्न उठ्छ के त्यहि कारणले भारतले इजराईललाई शक्तिका हिसावले नै महत्व दिई रहेको हो ? मध्यपूर्व मामलाका जानकार कमर आगा भन्छन्– ‘इजरायलसँग भारतको सम्बन्ध पारस्परिक हो । उनले भने दुवै देशको आ–आफ्नो आवश्यकता छ ।’ 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भारतको छ दिने भ्रमणमा छन् । कुनै पनि राष्ट्र प्रमुखका लागि छ दिने भ्रमणको निकै महत्व हुन्छ । 
तथ्याङ्क के भन्छ ?

पूर्व विदेश सचिव कंवल सिब्बल भन्छन्– भारतले विदेश नीतिमा अहिले पनि कसैको दबाबमा काम गर्दैन । कमर आगा पनि भारतले इजरायल प्रेम अरब देशरुको उपेक्षा गर्न सक्दैन । 

यसलाई वाणिज्य मन्त्रालयको तथ्याङ्कले पनि बुझ्न सकिन्छ । व्यवसाय, सुरक्षा, ऊर्जा र राजनीतिक हितहरुको नजरमा पनि मध्यपूर्व भारतका लागि धेरै महत्व राख्छ । भारतको वाणिज्य मन्त्रालयका अनुसार २०१६–१७ मा अरब देशहरुसँग भारतको व्यापार १२१ अरब डलर भएको छ । 

यो भारतको कुल विदेश व्यापारको १८.२५ प्रतिशत हो । इजरायलका साथ भारतको व्यापार पाँच अरब डलरको थियो । जुन कुल व्यापारको एक प्रतिशत पनि होइन । भारतको इजरायलसँग सुरक्षा सम्बन्ध धेरै पुरानो छ, जबकि अरब देशहरुसँग रोजगार, विदेशी मुद्रा र उर्जाका लागि धेरै महत्व राख्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप