बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा जमिनभित्रबाट निस्किएको धुँवाबारे भू–गर्भशास्त्रीले निकाले यस्तो निश्कर्ष

मङ्गलबार, ०२ माघ २०७४, १५ : ३६
मङ्गलबार, ०२ माघ २०७४

सुन्दरबजार– स्थानीय सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भू–गर्भशास्त्रीले जनाएका छन् ।  जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ ।

बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास्त्री ल्याएर परीक्षण गरेको थियो । 

परीक्षणपछि जमिनबाट निस्किएको बाफ सामान्य भएको भूगर्भशास्त्री अनिरुद्र पौडेलले बताए । उनले जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको बताए । जमिनबाट निस्किएको बाफ सामान्य भएको बताउँदै भूगर्भशास्त्री पौडेलले विचलित नहुन सर्वसाधारणलाई आग्रह गरे । 

विशेष गरी बिहान र बेलुकी धुवाँजस्तै तातो बाफको मात्रा बढी आउन थालेपछि स्थानीयवासीले आवश्यक परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप