शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपराष्ट्रपतिलाई किन भेट्न पुगे भारतीय राजदूत

मङ्गलबार, ०२ माघ २०७४, १५ : २९
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन् । 
 आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग भारतीय राजदूत सिंहले शिष्टाचार भेट गरेका हुन् । 
भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताउनुभयो । उहाँले अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । 
उपराष्ट्रपतिले युगांैदेखिको नेपाल भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए । उनले  दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए ।  उपराष्ट्रपतिले आउँदै गरेको भारतको ७० औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेताहरु र आम भारतीय जनतामा शुभकामना व्यक्त गरे । 
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुररहेको बताए ।  भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताबाट व्यक्त मत नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वगत र सम्मान गर्ने बताउँदै राजदूत सिंहले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ् गरेको बताए । 
भेटमा राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सिमित नरही जनस्तरसम्म जरा गाडेकाबताए ।  उनले प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप