बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४, १४ : ३७
मङ्गलबार, ०२ माघ २०७४

इनरुवा– अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ ।  घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए । 

अर्नाको आक्रमणबाटस्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएकामा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप