शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो संसारकै सबैभन्दा महंगो हिरा !

मङ्गलबार, ०२ माघ २०७४, १४ : ३४
मङ्गलबार, ०२ माघ २०७४

एजेन्सी–संसारकै सबैभन्दा महंगो वस्तु के होला ? सबैको एउटै उत्तर हुन्छः ‘हिरा’ । संसारकै सबैभन्दा महंगो वस्तु हिरामध्येमा पनि सबैभन्दा महंगो हिराचाहि कस्तो होला ? यो कौतुहलता सबैमा हुनसक्छ तर यो कौतुहलता मेटिदिएको छ दक्षिण अफ्रिकाको एक हिरा कम्पनीले । दक्षिण अफ्रिकाको लेसेथोमा एउटा यस्तो हिरा भेटिएको छ, जो विश्वकै सबैभन्दा महंगो हिरा भएको उक्त कम्पनीले दाबी गरेको छ ।

दक्षिण अफ्रिकाको सुन र हिरा खानीमा बर्चस्व जमाएको कम्पनी ‘जेम डायमण्ड’ ले सोमबार संसारकै सबैभन्दा तेजस्वी र महंगो हिरा आफुसँग भएको दाबी गरेको हो । कम्पनीका अनुसार यो हिराको मूल्य ४ करोड डलर भएको समेत कम्पनीले दाबी गरेको छ । ९ सय १० क्यारेटको उक्त हिरा विशुद्ध रंगहिन रहेको समेत कम्पनीको दाबी छ ।

हिराको मापदण्डमा ‘डी’ श्रेणीमा रहेको सो हिराको नेपाली मूल्य ३ अर्ब रुपैयाँभन्दा बढी पर्न आउँछ । हिरा मापदण्ड अनुसार कुनैपनि उच्च क्वालिटीको हिरा रंगहिन हुने गर्दछ, जसलाई हिरा मापदण्डअनुसार सबैभन्दा उच्च गूणस्तर भनेर मापन गरिने गरिन्छ ।

कम्पनी ‘जेम डायमण्ड’का मुख्य कार्यकारी निर्देशक क्लिफफोर्ड एल्फिकले भनेका छन्, जब हाम्रो कम्पनीले सन् २००६ मा ‘ल्याटसेङ खानी’ अधिग्रहण गर्यो, त्यसपछि विश्वलाई थुप्रै हिरा दिएका छौ, त्यसमध्ये योपटक भने संसारकै सबैभन्दा महंगो हिरा विश्वलाई दिन सफल भएका छौं ।’ उक्त हिरा दक्षिण अफ्रिकाको लेसेथास्थित ल्याटसेङ खानीबाट उत्खनन् गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप