बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको हारमा कोइराला परिवारले निकाल्यो २ कारण

मङ्गलबार, ०२ माघ २०७४, १४ : ३०
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं–  चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् । 
 कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य  शेखर कोइराला र  सुजाता कोइराला छलफलमा जुटेका हुन् ।  

चुनावपछि पहिलो पटक कोइराला परिवार एकै स्थानमा देखिएका हुन् । उक्त भेटघाटमा निर्वाचनपछी देश र पार्टीको अवस्थाका बारेमा छलफल भएको थियो ।

सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको  उक्त भेटमा कांग्रेस चुनावमा  पराजित हुनुको कारणबारे समिक्षा समेत भएको नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले रातोपाटीलाई जानकारी दिए  । 
तीन नेताबीचको छलफलमा मुलतः कांग्रेस चुनावमा पराजित बन्नुमा पार्टी संस्थागत ढंगले  नचल्नु र  नेतृत्व कमजोर बन्नुको निश्कर्ष निकालिएको छ । यी २ कारणले नै  कांग्रेसले चुनावमा नराम्ररी पराजय भोग्नु परेको उनीहरुको निश्कर्ष थियो । 
‘पारिवारिक भेटमा  हारको समिक्षा हुनुका साथै पार्टी संस्थागत ढंगले नचलेको तथा  नेतृत्व पंक्ति कमजोर भएको निश्कर्ष निकालिएको छ, ‘थपलियाले भने, ‘पार्टीलाई पुरानै अवस्थामा र पार्टी पंक्तिलाई एकताबद्ध बनाउन अग्रसरता लिने तीन नेताबीच समझदारी भएको छ  ।’
 बिहान ११ बजेदेखि भएको ‘लन्च मिटिङ’ दिउँसो साढे १ बजेसम्म चलेको थियो ।  यस्तै नेविसंघभित्र देखिएको विवाद  तत्काल टुंग्याउन पहल गर्ने पनि निर्णय भएको थपलियाले बताए ।

पार्टीभित्र गुटबन्दी मौलाएको बेला कोइराला परिवारका तीन हस्ती एकै ठाउँमा भेला भएर एकताको सन्देश दिइएको हो । 
यसअघि गत साउन ४ गतेपछि तीन कोइराला परिवारबीच भेटवार्ता भएको थियो । त्यसयता मंगलबार पहिलो पटक भेटवार्ता भएको हो । 
त्यतिबेला पनि भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिको बारेमा छलफल भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप