बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ताकत बढाउने सबैभन्दा सस्तो उपाय, यसरी गर्नुहोस् आफ्नै घरमा तयार

मङ्गलबार, ०२ माघ २०७४, १४ : ०८
मङ्गलबार, ०२ माघ २०७४

चना कमजोरी हटाउन, ताकत र ऊर्जाका लागि निकै फाइदाजनक मानिन्छ । साँची बौद्ध एवं भारतीय ज्ञान विश्वविद्यालयका आयुर्वेद डा. अखिलेश सिंहका अनुसार चना सबैभन्दा सस्तो र बदामभन्दा पनि धेरै असरदार हुन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खानुपर्छ । यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरिरमा ताकत आउँछ ।

कसरी गर्ने चनाको प्रयोग ?

डा. सिंहका अनुसार राती एक मुट्ठी चना लिनुहोस् र सफा गर्नुहोस् । त्यसबाट किरा लागेको, नभिज्ने कडा चनालाई निकाल्नुहोस् र सफा चनालाई धोएर एक गिलास सफा पानीमा भिजाएर राख्नुहोस् । बिहान फ्रेश भएर व्यायामपश्चात् यी चनालाई राम्रोसँग चपाएर खानुहोस् र चनाको पानी पनि पिउनुहोस् । चनाको मात्रालाई बिस्तारै आफ्नो तौल र व्यायामको हिसाबले बढाउँदै लान सकिन्छ ।

१. भिजाएको चनालाई बिहान खाली पेटमा मज्जाले चपाएर खानुहोस् । चनाको पानीमा १ चम्चा मह घोलेर पिउनुहोस् ।

यसको फाइदाः

यसले कमजोरी हट्छ । वीर्यको संख्या वृद्धि गर्दछ । वीर्य गाढा हुने गर्दछ ।

२. एक मुट्ठी चनासँगै पाँचवटा बदाम भिजाउनुहोस् । बिहान मज्जाले चपाएर खानुहोस् त्यसपछि एक गिलास मनतातो दुध पिउनुहोस् ।

यसको फाइदाः

यसले ताकत र ऊर्जा प्रदान गर्दछ । मांसपेशी बलियो हुन्छ ।

३. रातभरी भिजाएको एक मुट्ठी चनालाई बिहान सख्खरसँग मज्जाले चपाएर खानुहोस् ।

यसको फाइदाः

यसको सेवनले रक्तअल्पत्ता हुन दिँदैन । रोगबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । रुघा–खोकीबाट बचाउँछ ।

४. भिजाएको चनालाई बिहान शुद्ध घ्यूमा भुटेर खानुहोस् र एक गिलास मनतातो दुध पिउनुहोस् ।

फाइदाः

यसले हरेक प्रकारको कमजोरीलाई भगाउँछ । ताकत बढाउँछ । तौल बढ्न सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप