शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी गायिका, जो सुन्दरतामा बलिउड अभिनेत्री भन्दा कम छैनन्

मङ्गलबार, ०२ माघ २०७४, १३ : ४०
मङ्गलबार, ०२ माघ २०७४

मुम्बई – बलिउडका अभिनेत्रीहरु सौदर्यका कारणले विश्वमा चिनिएका छन् । तर बलिउडमा केही गायिका यस्ता पनि छन्, जो सौन्दर्यको मामलामा बलिउड अभिनेत्री भन्दा कम छैनन् । ती गायिका यस्ता छन्ः

मोनाली ठाकुर 
मोनाली ट्रेड गायिकाको अलवा राम्रो डान्सर पनि हुन् । मोनालीले इन्डियन आइडियलमा सहभागी पछि पनि कयौ बर्ष संघर्ष गरेकी थिइन् । २००८को चलचित्र रेसबाट उनले गायनमा डेब्यु गरेकी थिइन् । उनको पहिलो गीत ‘जरा जरा टच मी टच मी’ थियो ।

शालमली खोलगडे 
शालमलीले आफ्नो करियरको सुरुवात चलचित्र इशक जादेका गीत ‘परेशा परेशा’बाट गरेकी थिइन् । यस गीतबाट उनी रातारात स्टार बनिन् । बलम पिचकारी जस्ता हिट गीतकी यी गायिका अहिलेकी चर्चित गायिका हुन् । 

श्वेता पण्डित  
गायनका लागि ठुलै संघर्ष गरेकी श्वेतालाई पहिलो ब्रेक आदित्य चोपडाको चलचित्र ‘मोहब्बते’ बाट मिलेको थियो ।उनले उक्त चलचित्रमा अपल चपल बोलको गीत गाएकी थिइन् । 

नीति मोहन 
चलचित्र जवतक है ज्यानको गीत ‘जिया रे’बाट चिनिएकी गायिका नीति सौदर्यका कारणले सानो भुमिकामा चलचित्रमा समेत देखिएकी थिइन् । चलचित्र ‘सोचा ना थामा’ उनले सपोटिङ कलाकारको भुमिका निर्बाह गरेकी थिइन् ।

नेहा भसीन 
 नेहाले चलचित्र ‘फेशन’को टाइटल गीतबाट गायनमा डेब्यु गरेकी हुन् । चलचित्र मेरे ब्रदरको ‘धुनकी धुनकी ’गीत उनको पहिलो चर्चित गीत हो । नेहा मोडल, गायिका र गीत लेखक पनि हुन् ।
 
नेहा कक्कड 
 बलिउडका कयौ गीतमा स्वर दिएकी गायिका नेहाले ४ बर्षको उमेरबाट गीत गाउन सुरु गरेकी थिइन् । उनका धतिङग नाज, लन्डन ठुमकदा जस्ता कयौ सुपरहिट गीत छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप