बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अपि पावर कम्पनीको वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस शेयर उपलब्ध गराउने

मङ्गलबार, ०२ माघ २०७४, १३ : २२
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– अपि पावर कम्पनीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारणसभाले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको खुल्ला टेन्डरमार्फत १८ मेघावाट क्षमताका आठ स्थानमा सोलार  उर्जा उत्पादन गर्ने अनुमति पप्त गरेको उक्त कम्पनीले ८.५ मेगावाट क्षमताको नौगढ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीको साधारणसभाले आफ्ना शेयरधनीहरुबाट १ः२ को अनुपातलमा हकप्रद शेयर निश्काशन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छी आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना समेत पारित गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप