बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, अब शान्त होलान् युवा नेता ?

मङ्गलबार, ०२ माघ २०७४, १३ : १२
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं -चुनावपछि काँग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति वैठक बोलाएको छ । पार्टीभित्र केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरिरहेका बेला काँग्रेसले केन्द्रीय कार्यसमिति वैठक आव्हान गरेको हो ।
वैठक विहिवार विहान ११ बजे प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा बस्नेछ ।
काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले वैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप