शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आधा दर्जन श्रष्टालाई ज्योति साहित्य पुरस्कार

मङ्गलबार, ०२ माघ २०७४, १२ : ५६
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – प्रा.डा. तारानाथ शर्मालाई ज्योति साहित्य पुरस्कार प्रदान गरिने भएको छ । ज्योति साहित्य प्रतिष्ठानको ११ औँ वार्षिकोत्सवको अवसर पारेर राजधानीमा आगामी १६ गते आयोजना गर्ने एक कार्यक्रममा शर्मालाई सो पुरस्कार दिन लागेको हो । 

सोही कार्यक्रममा हिरण्यकुमारी पाठक, विष्णु बहादुर सिंह, नरेन्द्र बहादुर श्रेष्ठ र आसामभारतका साहित्यकार रण काफ्लेलाई ज्योति स्रष्टा पुरस्कार प्रदान समेत गरिनेछ । 
प्रतिष्ठानका आजीवन सदस्यहरु मध्येबाट प्रदान गरिने ज्योति प्रतिभा सम्मान यस वर्ष राजन विक्रम थापालाई प्रदान गर्न लागिएको ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मनिराज सिंहले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप