बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एराप्रपा नेता ठाकुरको निधन

मङ्गलबार, ०२ माघ २०७४, १२ : ३६
मङ्गलबार, ०२ माघ २०७४

जनकपुरधाम– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ ।  केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको आज बिहान ६ः३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो । 

उनी पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनी चर्चित थिए । उनको श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।  परिवारका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप