७२ वर्षको उमेर यी अभिनेताको ४ विवाह, चौथो श्रीमती २९ वर्षले कान्छी
मुम्बई –बलिउड अभिनेता कबीर बेदी ७२ बर्ष पुगेका छन् । १६ जनवरी १९४६ मा पाकिस्तानमा जन्मिएका बेदीले २०१६ मा आफुभन्दा २९ बर्षले कान्छी गलफ्रेण्ड परवीन दोसान्जसँग बिबाह गरेका थिए ।
परवीन उनका चौथी पत्नी हुन् । कबीरसँग बिबाह गर्दा उनी ४३ बर्षकी थिइन् । कबीरकी छोरी पुजा बेदी नै परवीन भन्दा ४ बर्षले जेठी अर्थात ४७ बर्षकी रहेकी छन् । परवीन ब्रिटीस मुलकी अभिनेत्री तथा मोडल हुन् । उनी कबीरका साथ बिगत १० वर्षयता लिभइन रिलेसनमा रहँदै आएकी थिइन् ।
यस्ता छन् कबीरका बिबाह किस्सा
– कबीरले पहिलो बिबाह डान्सर प्रतिमा बेदीसँग गरेका थिए । १९६९ मा यी दुबैको बिबाह भएको थियो । प्रतिमा र कबीरको दुई सन्तान रहेका छन् । पुजा बेदी र सिद्धार्थ बेदी ।
– प्रतिमासँगको सम्बन्ध तोडेपछि कबीरले परवीन बोबीसँग सम्बन्ध जोडेका थिए । यसका कारण उनले हलिउड यात्रा समेत तय गरे । तर केही समय पछि यी दुबै छट्टिए ।
– कबीर परवीनसँग छुिट्टए पछि ब्रिटिस फेसन डिजाइर सुसैन हम्फ्रेससँग नजिक भए । दुबैले बिबाह पनि गरेका थिए । यी दुबैको एक छोरा पनि छन्, एडम बेदी । एडम अन्तराष्ट्रिय मोडल हुन् ।
– १९९० को दशकमा कबीरले तेस्रो बिबाह गरेका थिए । टिभी र रेडियो प्रस्तोता निक्कीसँग । २००५ मा यो सम्बन्ध पनि टुटेको थियो ।
– चौथो बिबाह कबीरले ब्रिटीस मोडल तथा अभिनेत्री परवीनसँग गरेका हुन् । यी दुबैको बिबाह १५ जनवरी २०१६ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?