शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महलपोखरीमा विजुली बत्ती बल्यो

मङ्गलबार, ०२ माघ २०७४, १२ : ३३
मङ्गलबार, ०२ माघ २०७४

परासी–नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्रस्थित महलपोखरीमा= बिजुली  बत्ति बलेको छ । अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दा दियो र सोलार प्रयोग गर्दै आएका थिए । 
नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर टाढा डाँडामा रहेको महलपोखरीको अन्धकार हटाउन सुनवल गरपालिकाले सोमबारमात्रै विद्युत सेवा विस्तार गरेको हो ।
सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रीले नेपाल विद्युत प्राधिकरण शखा परासी र सुनवलको प्राविधिक सहयोगमा सो बस्तीमा  विद्युतिय सेवा विस्तार गरेको बताए ।
सोमबार विहान विद्युत प्राधिकरण र नगरपालिकाका प्राविधिक कर्मचारीहरु खटिएर गाउँमा तार तान्ने, २५ किलोवाटको टरान्सफर्म जडान गर्ने र प्रत्येक घरधुरीमा मिटर बस्क र विद्युत जडान गर्ने काममा खटिएका थिए । प्राविधिक काम सकेर सोमबारै नगरपालिका प्रमुख भिम बहादुर थापा, उप प्रमुख दधिराम अर्याल, सुनवल नगर प्रवक्ता कृष्ण देवकोटा, प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, वडानम्बर ४ का सदस्य बालकृष्ण पंगेनी, युवा समाजसेवी गोपाल भट्टराई, यज्ञ प्रसाद पौडेल, सन्तोष पौडेल र सुनवल नगरपाकिलाका र विद्युत प्राधिकरणका कर्मचारीहरुको संयुक्त टोलीले महलपोखरी गाउँमा विद्युतीय बल्ब बत्ति बालेर उद्दघाटन गरेका थिए ।
पुरातात्विक र ऐतिकासिक स्थल महलपोखरीको लामो ईतिहास रहेपनि यसक्षेत्रको विकासमा सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । महलपोखरीमा २३ घरधुरीका करिब १ सय ५० जना बसोबास गर्छन ।
यो गाउँमा बर्षाैंदेखि बाटोघाटो, शिक्षा, स्वास्थय, खानेपानी, हाटबजार लगायतका समस्या स्थानीयले भोग्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप