बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख पक्का, राजधानी अझै अनिश्चित : कानुन मन्त्री थापा

मङ्गलबार, ०२ माघ २०७४, ११ : ३१
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं–सरकाले आज सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भएको छ । आज बस्ने मन्त्रपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।

संयोजक परियारका अनुसार आज बेलुका साढे ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाइएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश प्रमुख तोक्न लागिएको कानुन मन्त्री यज्ञबहादुर थापाले जनाए । उनका आज प्रदेश प्रमुखको नियुक्ति पक्का भएपनि अस्थायी राजधानीका बारेमा भने निश्चित भइनसकेको बताए । उनले त्यसका लागि सहमतिको प्रयास जारी नै रहेकाले चार बजेसम्ममा सहमति जुटे राजधानी समेत तोकिने बताए ।

प्रदेशको राजधानी माग्दै धेरै स्थानमा आन्दोलन भएपछि अस्थायी राजधानी तोक्न  सरकार हच्किदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप