शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेरिया मगर एण्ड दिपक लिम्वु साँझ कार्यक्रमको आयव्यय सार्वजानिक

मङ्गलबार, ०२ माघ २०७४, १० : ५८
मङ्गलबार, ०२ माघ २०७४

क्यानडा–क्यानाडाको क्यालगरीमा गत डिसेम्वर २५ (क्रिसमस) का दिन सम्पन्न तेरिया मगर एण्ड दिपक लिम्वु साँझ कार्यक्रमको आयव्यय शनिवार सार्वजानिक गरिएको छ । आयोजक संस्था नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगरी (एनसिएससी)ले कार्यक्रमको आयव्यय सार्वजानिक गर्दै उक्त कार्यक्रमबाट करीव २२ हजार क्यानेडियन डलर संस्थाका लागि बचाउन सफल भएको बताएको छ ।  

एनसिएससि रिसोर्स सेन्टर निर्माण गर्ने उद्धेश्य सहित आयोजना गरिएको उक्त फन्डरेइजिङ्ग–सो बाट करीव ३७ हजार क्यानेडियन डलर आम्दानी भएको जनाईएको छ । कार्यक्रममा ६ सय ५० भन्दा बढी नेपाली तथा इन्डियन दर्शकहरुको उपश्थिती रहेको थियो ।

कार्यक्रममा १७ हजार ३ सय ८० क्यानेडियन डलरको टिकट विक्री भएको थियो । त्यस्तै व्यवसायिक स्पोन्सरहरुबाट १० हजार, खाना तथा रिसोर्स सेन्टरका लागि व्यक्तिगत सहयोगबाट ९ हजार ७ सय गरि भण्mडै ३७ हजार क्यानेडियन डलर आम्दानी भएको उक्त कार्यक्रमका आर्थिक व्यवस्थापन संयोजक विशाल ढुङ्गेलले बताएका छन । 

कार्यक्रमका लागि विभिन्न शीर्षकमा खर्च भएको करीव १६ हजार क्यानेडियन डलर कटाएर संस्थाका लागि करीव २२ हजार क्यानेडियन डलर बचत भएको छ । उक्त संकलित रकम एनसिएससी रिसोर्स सेन्टर खरिदका लागि उपयोग गरिने संस्थाका अध्यक्ष धुव्र राईले बताएका छन ।
 
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण व्यक्ति, दाता, मिडिया, व्यवसायी तथा संघसंस्थालाई एनसिएससीको तर्फबाट धन्यवाद दिदै कार्यक्रम संयोजक  श्रीकान्त अर्यालले उक्त कार्यक्रमले क्यालगरीबासीमा थप उत्साह बढाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप