शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय परिषद बैठक वीरगञ्जमा बस्ने

मङ्गलबार, ०२ माघ २०७४, १० : ०१
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठaक वीरगञ्जमा गर्ने भएको छ । 

मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । 

पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए । 

करिब पाँचसय जनाको सहभागिता रहने बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप