शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जंगलको आगलागीमा दुईको मृत्यु

मङ्गलबार, ०२ माघ २०७४, ०९ : ३२
मङ्गलबार, ०२ माघ २०७४

रुकुम - रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । 

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए । 

दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ । 

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका छन्  । 

बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । सो जंगलमा लागेको आगो नियन्त्रणमा आएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप