शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले-माओवादीसँग छलफल गर्दै प्रधानमन्त्री

मङ्गलबार, ०२ माघ २०७४, ०९ : १८
मङ्गलबार, ०२ माघ २०७४

प्रदेश प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले एमाले र माओवादीका नेताहरुसँग बालुवाटारमा छलफल गर्दैछन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार  एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको  छ ।

एमाले माओवादीसँग छलफलपछि आज बस्ने मन्त्रिपरिषद बैठकले  प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने  बताइएको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम अझै बुझाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप