शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राहतमा राजनीति: राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

मङ्गलबार, ०२ माघ २०७४, ०९ : ०५
मङ्गलबार, ०२ माघ २०७४

इनरुवा - जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका छन् । 

जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन समितिको बैठक डाकी लगत विवरणसहित वितरण गरिएका सामग्रीको बारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गरेका हुन् । 

प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाको आधारमा वितरण गरिएको र थन्क्याएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप