शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीमाथि हातपात गरेर बर्दी च्यात्नेलाई सार्वजनिक मुद्दा

मङ्गलबार, ०२ माघ २०७४, ०९ : ००
मङ्गलबार, ०२ माघ २०७४

भोजपुर - प्रहरीमाथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । 

भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । 

मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । 

हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ । 

गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरीमाथि उनीहरुले हातपात गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप