शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यज्ञशको ‘भुइँया’लाई पहिचान पुरस्कार

सोमबार, ०१ माघ २०७४, २० : १५
सोमबार, ०१ माघ २०७४

काठमाडौँ – बेलायतबासी नेपालीहरूद्वारा स्थापित यस वर्षको पहिचान पुरस्कार यज्ञशको ‘भुइँया’ नामक कृतिलाई प्रदान गरिने भएको छ ।

पत्रकार, लेखक तथा अनुवादक यज्ञशको उक्त कृति यसैबर्ष प्रकाशन भएको हो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ । 
बेलायतमा रहेका पहिचान समर्थक स्रष्टाहरूले पहिचान पुरस्कार कोष स्थापना गरेका हुन् । उक्त पुरस्कार आउँदो चैत्र पहिलो साता प्रदान गरिने पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जनाएका छन् ।


यज्ञशले ‘भुइँया’मा पहिचानबिहीन समुदायका मान्छेहरूको जीवनको संघर्षलाई गहकिलो ढंगले प्रस्तुत गरेका छन् । पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति, समुदायको कारुणिक कथा ‘भुइँया’मा समेटिएका छन् । मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका समुदायको विषयलाई कृतिमा उजागर गरिएको छ ।


पुरस्कार कोषद्वारा जारी विज्ञप्तिमा ‘देशको एकात्मक अनुहारलाई बहुल बनाउन कृतिभित्रका पात्रहरूले गरेको संघर्ष नै पहिचानको आन्दोलन भएकोले ‘भुइँया’लाई यस वर्षको ‘पहिचान पुरस्कार’ दिने निर्णय गरिएको छ ।’ 


पुरस्कार आउँदो चैत्र महिनाको पहिलो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप