शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्लभ प्रजातिको अजिंगर फेला

सोमबार, ०१ माघ २०७४, १९ : ५२
सोमबार, ०१ माघ २०७४

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । 

स्थानीयवासी राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको छ । 

अजिंगरलाई आरक्षका कर्मचारीले चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेका छन्  । 

सो अजिंगर संरक्षित प्रजातिको सूचीमा सूचीकृत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो ।

 उक्त अजिंगर पाइथनमोरोलस प्रजातिको रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप